Logo

रंगशाला सिलन्यासको तयारी पुरा



शरद रेग्मी, तुलसीपुर ८ साउन । तुलसीपुर उपमहानगरपालिका १७ बेलझुण्डीमा हुन लागेको राष्ट्रिय रंगशाला सिलन्यासको तयारी पुरा भएको छ ।

रिपोर्टर्स क्लब दाङले आयोजनामा गरेको पत्रकार सम्मेलनमा बुधबार सिलन्यास हुन लागेको रंगशालाको तयारी पूरा भएको जनाईएको हो । खेलकूद बिकास समिति दाङका अध्यक्ष डिल्ली डाँगीले सिलन्यासको सम्पूर्ण तयारी पुरा भएको बताए । रंगशाला निर्माणको सिलन्यास
गर्न प्रतिनिधिसभाका सभामुख कृष्ण बहादुर महरा, खेलकूद मन्त्री जगतप्रसाद बिश्वकर्मा, राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिब केशब कुमार बिष्टलगायतले सिलन्यास गर्नेछन् ।

जिल्ला खेलकूद बिकास समितिको पहलमा उक्त रंगशाला निर्माण हुन लागेको हो । पत्रकार सम्मेलनमा अध्यक्ष डाँगीले दाङमा राष्ट्रिय
स्तरको रंगशाला निर्माणहुनु खेलक्षेत्रको बिकाससंगै दाङको बिकासमा पनि टेवा पुग्ने बताए ।

रिपोर्टर्स क्लब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षता तथा जिल्ला खेलकूद बिकास समितिका अध्यक्ष डाँगीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अवसरमा रिपोर्टर्स क्लब दाङका अध्यक्ष रेग्मीले दाङमा सुबिधा सम्पन्न रंगशाला निर्माणले दाङको गरिमा बढाएको बताए ।

मंसिरमा हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगीतालाई मध्यनजर गर्दै दाङको बेलझुण्डीमा रंगशाला निर्माण गरिने भएको छ । मंसिर २१ गतेदेखि २८ गतेसम्म हुने राष्ट्रिय खेलकुद प्रतियोगीताका लागि रंगशाला निर्माण गर्न लागिएको हो ।

रंगशाला निर्माणका लागि काठमाडौँमा रहेको दिवा एनए कन्ट्रक्सन जेभीले २४ करोड २४ लाख ४५ हजार दुई सय ९३ रुपैयामा निर्माणको जिम्मा लिएको छ । मंसिर १५ गतेभित्र रंगशाला निर्माणको जिम्मा लिएको दाङ जिल्ला खेलकुद विकास समितिका अध्यष डिल्लीबहादुर डाँगीले जानकारी दिएका छन ।

कार्यक्रममा जिल्ला खेलकूद बिकास समितिका कोषाध्यक्ष कैलास रोकाले सबैलाई सिलन्यास कार्यक्रममा सहभागि हुन अनुरोध गरे । कार्यक्रमको सहजीकरण रिपोर्टर्स क्लब दाङका सदस्य ध्रुबराज न्यौपानेले गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्