Logo

नेवि संघको प्रदर्शनमा प्रहरीको ज्यादती, पद्मकन्याकी अध्यक्ष पवित्रा गौली घाइते



साउन ८, काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका कामकारवाहीको विरोध गर्दै काठमाडौमा प्रर्दशन गरेको छ । चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै अनशनरत डा. केसीको आन्दोलनमा ऐक्यवद्धता र सरकारको पछिल्लो कामकारवाहीको विरोधमा कांग्रेसका काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कार्यसमितिले मंगलबार काठमाडौमा प्रर्दशन गरेका हुन् ।

उनीहरुले सरकार अधिनायवाद तर्फ उन्मुख भएको भन्दै विरोध गरेका थिए । यस्तै उनीहरुले अत्यावस्यक क्षेत्रमा कर बढाएको भन्दै फिर्ता गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । चिकत्सा शिक्षा विधेयलाई माथेमा कार्यदलको मर्म अनुसार पास गर्न समेत उनीहरुले माग गरेका छन् । प्रदर्शनमा नेपाली कांग्रेसका नेता, कार्यकर्ता तथा विभिन्न भातृ संगठनको सहभागिता थियो ।

प्रदर्शनमा देशका विभिन्न स्थानबाट नेपाल विद्यार्थी संघका नेता तथा कार्यकर्ताको उपस्थिती थियो ।

यसैबीच नेपाल विद्यार्थी संघ पद्मकन्या कलेज इकाइले निकालेको छात्राहरूको जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रदर्शनका क्रममा प्रहरीले धरपकड गर्दा नेपाल विद्यार्थी संघ पद्मकन्या कलेजकी अध्यक्ष पवित्रा गौली घाइते भएकी छिन् ।

गौलीलाई प्रदर्शनका क्रममा प्रहरीले लछारपछार पर्दै लाठी प्रहार गरेको प्रदर्शनमा सहभागि तनहुँ कांग्रेसका कोषाध्यक्ष रेशम गुरुङले जानकारी दिए ।

गौलीका साथै घाइते हुनेमा छाया ढुंगाना र सुजाता कोइराला पनि छन्। गुरुङका अनुसार पद्मकन्या क्याम्पस प्रवेशद्वारबाट निस्किनेबित्तिकै प्रहरीले छात्राहरूलाई लछारपछार पारेको थियो।



प्रतिक्रिया दिनुहोस्