Logo

अहिलेको आन्दोलन सरकारलाई असफल बनाउन गरिएको : भट्टराई



काठमाडौं, ९ साउन / नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य योगेश भट्टराईले अहिले भएका आन्दोलन दुईतिहाई प्राप्त सरकारलाई असफल बनाउन नियोजित तरिकारले गरिएका ‘ग्राण्ड डिजाइन’ भएको बताउनुभएको छ ।

‘सगरमाथा न्युजडटकम अनलाइन पोर्टल’को आज यहाँ आयोजित कार्यक्रममा शुभारम्भ गर्दै उहाँले अहिले सरकारविरुद्ध भएको आन्दोलन राजनीतिक ‘ग्राण्ड डिजाइन’ भएको वताउनुभयो ।

उहाँले अहिलेको सरकार विल्कुल नयाँ अभ्यासको सरकार बनेको भन्दै विगतका बहुमत प्राप्त सरकारले गरेका कमीकमजोरीलाई सच्याएर सरकार अघि बढ्ने धारणा राख्नुभयो ।

नेता भट्टराईले डा गोविन्द केसीको मुद्दामा नभई आफ्नै नीति तथा विचारमा हिँड्न नेपाली काँग्रेसलाई आग्रह गर्नुभयो । उहाँले मेडिकल शिक्षा सरकारको दायित्वभित्र रहेको भन्दै १० वर्षभित्र सबै मेडिकल शिक्षालाई राज्यको नियन्त्रणमा ल्याउने योजना सरकारले बनाइरहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल टेलिभिजनका अध्यक्ष एवम् पत्रकार महासंघका पूर्व अध्यक्ष डा महेन्द्र विष्ट, पत्रकार महासंघका सचिव रामप्रसाद दाहाल, सगरमाथा न्युज अनलाइनका सल्लाहकार सम्पादक थोमस बाँस्तोलाले सञ्चार जगत्को वृद्धि विकासका लागि सञ्चारकर्मी जुट्नुपर्ने बताउनुभएको थियो । (रासस)



प्रतिक्रिया दिनुहोस्