Logo

डा. केसीका माग जायज छन्, मेरो समर्थन छ : मोहन वैद्य



साउन १०, काठमाण्डौ । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले आफू डा.गोविन्द केसीको पक्षमा उभिएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै वैद्यले चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि महत्वपूर्ण मागहरु उठाएर अनशन बसेकाले आफू उनको पक्षमा उभिएको बताए ।

सम्बन्धित समाचार :

सरकारले विधेयक फिर्ता लिनु पर्दैन, संशोधन गर्न तयार भए हुन्छ : जीवन क्षेत्री

डा. गोविन्द केसी र सरकार पक्षबीचको वार्ता असफल हुनुको कारण यस्तो छ

सरकार र डाक्टर केसीबीचको वार्ता भाँडियो, अब के हुन्छ ? 

सरकारी वार्ता टोली रित्तो हात वार्तामा आएको केसी पक्षको आरोप(भिडियोसहित)

सरकारी वार्ता टोलीले भन्यो “सरकारले दिएको म्यान्डेट प्रयोग गर्ने हो, निर्णय गर्ने अधिकार छैन”(भिडियोसहित)

उपचारमा संलग्न डाक्टर भन्छन्,’जुनसुकै बेला गोविन्द केसीलाई गुमाउनुपर्ने अवस्था छ’

“काठमाण्डौमै थुप्रिन चाहेका मेडिकल कलेजलाई बाहिर लैजानुपर्छ भन्नुभएको छ । यो कुरा मलाई राम्रो लागेको हुनाले समर्थन गरेको हुँ ।” वैद्यले भने ।

केसीसँगको वार्तालाई सरकारले प्राथमिकतामा राख्नुपर्नेमा सरकारले आलटाल गरेको उनको आरोप छ । “वार्ता सुरुदेखि नै गर्नुपथ्र्यो । अत्यन्तै ढिलो भयो । अब जतिसक्दो चाँडो सहमति खोज्नुपर्छ । डा. केसीको स्वास्थ्य पनि विग्रदै गएकाले अब ढिला गर्नुहुँदैन ।” वैद्यले भने ।

पछिल्लो समय सबै मेडिकल कलेजलाई राष्ट्रियकरण गर्ने कुरा उठेको भन्दै वैद्यले यो उपाय पनि उचित हुने बताए । तर अहिलेको सरकार राष्ट्रियकरण गर्न तयार हुने अवस्था नरहेको वैद्यको अनुमान छ ।



प्रतिक्रिया दिनुहोस्