Logo

दुई तिहाई बहुमतको नाममा सरकारमा दम्भ देखियो, केसीको माग तत्काल पूरा गर्नुपर्छ : खड्का



साउन १०, काठमाण्डौ । नेपाली कांग्रेसका नेता दिपक खड्काले डा. गोविन्द केसी र सरकारबीचको वार्ता निष्कर्षमा नपुग्नु दुखदायी भएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता खड्काले सरकारले बालहठ देखाउनुको साटो जिम्मेवार बनेर वार्ता सफल बनाउनुपर्नेमा जोड दिए ।

सम्बन्धित समाचार :

सरकारले विधेयक फिर्ता लिनु पर्दैन, संशोधन गर्न तयार भए हुन्छ : जीवन क्षेत्री

डा. गोविन्द केसी र सरकार पक्षबीचको वार्ता असफल हुनुको कारण यस्तो छ

सरकार र डाक्टर केसीबीचको वार्ता भाँडियो, अब के हुन्छ ? 

सरकारी वार्ता टोली रित्तो हात वार्तामा आएको केसी पक्षको आरोप(भिडियोसहित)

सरकारी वार्ता टोलीले भन्यो “सरकारले दिएको म्यान्डेट प्रयोग गर्ने हो, निर्णय गर्ने अधिकार छैन”(भिडियोसहित)

उपचारमा संलग्न डाक्टर भन्छन्,’जुनसुकै बेला गोविन्द केसीलाई गुमाउनुपर्ने अवस्था छ’

डा. केसीका माग जायज छन्, मेरो समर्थन छ : मोहन वैद्य

दुई तिहाई बहुमतको नाममा सरकारमा दम्भ देखिएको बताउँदै खड्काले केटाकेटीपन चरित्र सरकारमा देखिएको जिकिर गरे । यस्तो प्रवृत्तिले सरकार र देश दुवैलाई हानी गर्ने खड्काले बताए ।

डा. केसीलाई कांग्रेसले अनशन बस्न लगाएको वा बोकेर हिँडको भन्ने आरोपको खड्काले खण्डन गरेका छन् । “कांग्रेसले उहाँलाई अनशन बस्न लगाएको होइन । उहाँ पटकपटक अनशन बसिकसको व्यक्ति हो । कतिपय सरकारले उहाँसँग सहमति पनि गरिसकेको छ । कांग्रेसले त सरकार जिम्मेवार हुनुपर्छ भन्नेतर्फ ध्यान दिएको हो ।” खड्काले भने ।

गोविन्द केसीका माग जायज भएकाले उनको मागलाई समर्थन मात्रै गरिएको खड्काले बताए ।

केसी अनशन बसेको २७ दिन भइसक्दा पनि सरकारले उनका मागप्रति गाम्भीर्यता नदेखाएकाले कांग्रेस आक्रोषित भएको खड्काको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्