Logo

फुटबलको नयाँ तालिका सार्वजनिक, नेपालले यि देशसँग सामना गर्नेछ !



मलेसिया, १० साउन । एसियन फुटबल महासंघ एएफसीले बुधबार नयाँ खेल तालिका सार्वजनिक गरेको छ । युनाइडेड अरब इमिरेट्स ‘युएई’ र प्यालेस्टाइनले सहभागिता जनाउने बताएपछि नयाँ तालिका सार्वजनिक गरेको हो ।

अर्को महिना इन्डोनेसियामा हुने एसियाली खेलकुदअन्तर्गत पुरुष फुटबलको नयाँ खेलतालिका सार्वजनिक गरेको छ। एएफसीले यसअघि २४ टोली सहभागी हुने भन्दै खेलतालिका सार्वजनिक गरेको थियो । तर अन्तिम समयमा युएई र प्यालेन्टाइनले खेल्ने बताएपछि एएफसीले पुनः खेलतालिका सार्वजनिक गरेको हो।

तर अन्तिम समयमा युएई र प्यालेन्टाइनले खेल्ने बताएपछि एएफसीले पुनः खेलतालिका सार्वजनिक गरेको हो । नयाँ खेलतालिका सार्वजनिक भए पनि नेपाल सम्मिलित समूहमा कुनै परिवर्तन भएको छैन र एएफसीले सार्वजनिक गरेको नयाँ खेल तालिकाअनुसार नेपालले समूह ‘डी’ मा जापान, भियतनाम र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

त्यस्तै समूह ‘ए’ मा आयोजक इन्डोनेसिया, लाओस, हङकङ, चाइनिज ताइपे र प्यालेस्टाइन छन् भने समूह ‘बी’ मा थाइल्यान्ड, उज्वेकिस्तान, कतार र बंगलादेश छन् ।

त्यस्तै समूह ‘सी’ मा इराक, चीन, टिमोर लिस्टे र सिरिया छन् भने समूह ‘ई’ मा रहेको दक्षिण कोरिया, बहराइन, किर्गिस्तान, मलेसिया र युएई छन् । समूह ‘एफ’मा उत्तर कोरिया, साउदी अरेबिया, इरान र म्यानमार छन्।

खेलतालिका

समूह ‘ए’

इन्डोनेसिया
लाओस
हङ्कङ
चाइनिज ताइपे

समूह ‘बी’

कतार
उज्वेकिस्तान
थाइल्याण्ड
बंगलादेश

समूह ‘सी’

इराक
चीन
टिमोर लिस्टे
सिरिया

समूह ‘डी’

नेपाल
जापान
पाकिस्तान
भियतनाम

समूह ‘ई’

दक्षिण कोरिया
बहराइन
किर्गिस्तान
मलेसिया
युएई

समूह ‘एफ’

उत्तर कोरिया
साउदी अरब
इरान
म्यानमार



प्रतिक्रिया दिनुहोस्