Logo

FOTS NEPAL द्धारा प्रधानमन्त्री निवास वालुवाटार घेराउ, यस्तो छ कारण



साउन ११, काठमाण्डौ । नेपाल विद्यार्थी संघअन्तगरतको अर्को संगठन प्राविधिक विद्यार्थी परिषद FOTS NEPAL ले आज प्रधानमन्त्री निवास वालुवाटार घेराउ गरेको छ ।

FOTS NEPAL ले पछिल्लो समय बजार भाउ बढेको तर सरकारले नियन्त्रणको प्रयास नगरेको भन्दै विरोधस्वरुप वालुवाटार घेराउ गरेको हो ।

विरोधमा सहभागिले प्रधानमन्त्री केपी ओलीले मूल्य वृद्धिलाई प्रश्रय दिएको आरोप लगाउँदै थाल उपहार लगेका थिए । जनतालाई विहान बेलुकाको छाक टार्नसमेत समस्या हुने गरी मूल्यवृद्धि हुँदासमेत सरकारले चासो नदिएको भन्दै थाल उपहार लगिएको FOTS NEPAL का उपाध्यक्ष प्रदिप सिलवालले जानकारी दिए ।

विरोध प्रदर्शनका क्रममा अहिलेको सरकारले प्रजातन्त्रको खिल्ली उडाएको भन्दै प्रधानमन्त्रीको विरोध गरेका थिए ।

पछिल्लो समय सरकारका मन्त्रीहरु नै महिला विरोधी देखिएको भन्दै यस्तो प्रवृत्ति अन्त्य गर्न चेतावनी दिएका छन् ।

विरोध कार्यक्रममा नेपाल विद्यार्थी संघका नेता दिपक भट्टराई, कोषाध्यक्ष शिव रिमाल, केन्द्रिय सदस्यहरु, पूर्व केन्द्रिय पदाधिकारी लगायतको सहभागिता थियो । त्यसैगरी कांग्रेस नेतृ प्रतिमा गौतमको पनि सहभागिता थिईन ।

FOTS NEPAL का अध्यक्ष सिजन दाहालले मूल्यवृद्धि अहिलेकै अवस्थामा रहिरहे आन्दोलनका थप कार्यक्रम ल्याइने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्