Logo

कानुन बनाउने बाहेकका काम गर्न सकेका छैनौँ : लालबाबु राउत



साउन ११, काठमाण्डौ । प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले जनताको चाहनाअनुसार काम गर्न सुरु गरिएको दाबी गरेका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै राउतले अहिले नीति तथा कार्यक्रम ल्याउनुको साथै आवश्यक ऐन कानुनहरु निर्माणको काम भइरहेको बताए ।

नीति तथा कार्यक्रमलाई टेकेर प्रत्येक मन्त्रालयलाई बजेट छुट्टयाउन निर्देशन दिइएको राउतले बताए ।

जनताले अनुभूति गर्ने गरी काम गर्नका लागि भने नसकिएको उनले स्विकार गरे । संघीय सरकारबाट आएको सिमित बजेट र संरचना अभावका कारण कामा गर्न समस्या रहेको उनको गुनासो छ ।

कार्यालय व्यवस्थापन र भएका स्रोतको खर्च कसरी गर्ने भन्ने विषयमा प्रदेश सरकारले कदम चालेको उनले बताए ।

तर प्रदेश सरकारका लागि आवश्यक कानुनहरु बनाउने कामले भने तिब्रता पाएको उनको दाबी छ । “हामीले दर्जनौँ कानुनहरु बनायौँ । दर्जनौँ कानुन पाइपलाइनमा छन् । केही नभएको अवस्थामा यति कानुन निर्माण गर्नु पनि ठूलो सफलता हो ।” राउतले भने ।

नीति तथा कार्यक्रमलाई अगाडि बढाउनका लागि सिमति स्रोत साधन बाधक बनेको उनको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस्