Logo

प्रधानन्यायाधीशका लागि जोशी योग्य कि अयोग्य ? भोली निष्कर्ष



साउन १२, काठमाण्डौ । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीलाई बिहीबार सांसदहरूले सिंहदरबारमा करिब दुई घण्टा प्रश्न सोधे । संसदीय सुनुवाई समितिका १२ सांसदले एक घण्टा ५० मिनेट लगाएर सोधेको प्रश्नको जवाफ जोशीले १२ मिनेटमै दिएर सके ।

तर सुनुवाई सकिएको छैन । संसदीय सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले जोशीमाथिका सबै उजुरी अध्ययन गरिएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै कर्णले उजुरीमाथि निष्पक्ष छलफल गरिने बताए । प्रधानन्यायाधीशका लागि सिफारिस भएका जोशी योग्य छन् वा छैनन् भन्ने विषयमा आइतबार टुङ्गो लगाइने कर्णले बताएका छन् ।

“आइतबार हामी सम्पूर्ण कुरालाई मध्येनजर गरेर समितिका साथीहरुबीच छलफल गर्छौँ । आइतबार नै हामी एउटा निष्कर्षमा पुग्छौँ ।” कर्णले भने ।

सुनुवाई अब आइतबार बिहान ८ः३० मा हुनेछ । नेकपाका सांसदहरुले उनको शैक्षिक प्रमाणपत्रबारे थप अध्ययन गर्नुपर्नेमा पनि जोड दिएका छन् । नेकपा संसदीय दलमा छलफलमा सहभागी सांसदहरुले जोशीको प्रमाणपत्रबारे अध्ययन र छलफलपछिमात्रै सुनुवाईमा जानुपर्ने तर्क राखेका थिए ।



प्रतिक्रिया दिनुहोस्