साउन १२, काठमाण्डौ । लगातार एक पछि अर्को सफल चलचित्रहरु निर्माण गर्न सफल आशुसेन फिल्मसले चौथो पटक कोशेलीको रुपमा बाल मनोविज्ञानमा आधारीत आमा र छोरा विचको कथा बोल्ने चलचित्र मेरी मामुको निर्माण कार्य सम्पन्न छ । करिब पैतिस दिनको तालिकामा छांयाङ्कन सकाएको मेरी मामुको हाल पोष्ट प्रोडक्सनको काम तिब्रताका साथ भैरहेको कुरा यस चलचित्रका निर्माता सन्तोष सेनले जानकारी गराए ।
सन्तोष सेनको निर्माण तथा याम थापाको लेखनरनिर्देशन रहेको यस चलचित्रमा सारुक ताम्राकार¸ अश्लेषा ठकुरी तथा नव नायिका कुशुम गुरुङ को अभिनय रहेको छ भने यसै चलचित्रबाट निर्माता सेनका छोरा आयुब सेन मुख्य भुमिकामा डेब्यु गर्दैछन ।
हाल चलचित्रको प्रचार प्रसारको कार्यलाई निकै तिब्रता दिएको मेरी मामु निर्माण युनिटले दरवारमार्गको राईजिङ मलमा एक कार्यक्रमको आयोजना गरि ” मलाई माफ गरिदेउ आमा ” शिर्षकको गीत सार्वजनिक गरेको छ । निकै नै मार्मिक सुनिने यस गीतमा रवि मल्लको शब्द¸ कल्याण सिंहको संगीत तथा रोहित जोन क्षेत्रीको आवाज रहेको छ ।
मलाई माफ गरिदेउ आमा’ गीत
यस गीतमा चलचित्रको मुख्य कलाकार आयुब सेनलाई फिचरिङ गरिएको छ । गीत सुन्नमा जति मार्मिक र हृदयस्पर्शी छ गीतको भिडियो पनि उति नै शसक्त बनेको छ । गीतको भिडियो हेरे पछि कस्तो कथा बोलेको छ यो चलचित्रले भनेर झन कौतुहलता बढने देखिन्छ । गीत सार्वजनिकको कार्यक्रममा चलचित्रका निर्माता¸ निर्देशक¸गायक¸संगीतकार तथा मुख्य कलाकारहरुको उपस्थिति रहेको थियो ।