Logo

अब मेरो दाबी प्रधानमन्त्री, राष्ट्रपति र पार्टी अध्यक्षमा मात्रै : सुवास नेम्बाङ



काठमाडौं, १२ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले अब आफ्नो दाबी भनेको प्रधानमन्त्री, राष्ट्रपति र अध्यक्षमा मात्रै रहने स्पष्ट पारेका छन् ।

हिजो (शुक्रबार) राति प्राईम टाईम्स टेलिभिजनमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता नेम्बाङले यस्तो दाबी गरेका हुन् । उनले भने,‘उपप्रधानमन्त्री, उपराष्ट्रपति जे दिएपनि म खाँन्न, खाए प्रधानमन्त्री वा राष्ट्रपति नै खान्छु, र पार्टी अध्यक्षमा पनि मेरो दाबी हुन्छ ।’

प्रधानमन्त्री केपी शर्मा ओली सफल प्रधानमन्त्री भएको उनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot