Logo

मनमोहन मेडिकल कलेजको मुल्य निर्धारण गर्न ओली–प्रचण्ड छलफलमा



काठमाडौं, १२ साउन । प्रस्तावित मनमोहन मेडिकल कलेजलाई सरकारले किन्नेगरि छलफल अगाडि बढाएको छ । डाक्टर गोविन्द केसी र सरकारबीच हालै भएको सम्झौता अनुसार मनमोहन मेडिकल कलेजलाई उपत्यकाबाहिर पठाउनुपर्ने वा सरकारलाई बेच्नुपर्ने भएपछि कलेज सञ्चालकहरुले उक्त कलेज सरकारलाई बेच्ने निधो गरेका छन् ।

कलेज सञ्चालक समितिको निर्णय अनुसार सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड मुल्य निर्धारण गर्न आन्तरिक छलफलमा जुटेको स्रोतको दाबी छ ।

उता कलेज सञ्चालकको तर्फबाट राजेन्द्र पाण्डे, डाक्टर वंशिधर मिश्र, डाक्टर रामकुमार अधिकारी र डा. गंगालाल तुलाधारपनि सरकारलाई कलेज बेच्नेगरि मुल्य निर्धारण गर्न छलफलमा जुटेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot