साउन १३, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका नेता महेन्द्र राय यादवले आफ्नो दलले सरकारलाई समर्थन गरे पनि संविधान संशोधन, मुद्दा फिर्ता, जेलमा रहेका नेताको रिहाई लगायतको माग यथावत रहेको बताएका छन् ।
सम्बन्धित समाचार :
फोरम र राजपा सरकारमा सहभागि हुने विषय किन सेलायो ?
संविधान संशोधन र मुद्दा फिर्ता नभएसम्म राजपा सरकारमा जानु हुँदैन : कर्ण
राजपा सरकारमा सहभागि हुने विषयमा छलफल भएको छ, सहमति भएको छैन : यादव
अहिलेकै अवस्थामा राजपा सरकारमा जाने बाटो बन्द छ : यादव
मन्त्रालय थपेर राजपा र फोरमलाई सरकारमा सहभागि गराउने तयारीमा प्रधानमन्त्री ओली
ओली नेतृत्वको सरकारमा फोरमसँगै राजपा पनि सहभागि हुने
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै यादवले आफ्ना माग सरकारले पूरा गर्ने विश्वासका साथ समर्थन गरे पनि अहिलेसम्म माथ पूरा नभएको बताए ।
अहिलेसम्म सरकारको गतिविधी र काम नियालिरहेको दाबी गर्दै यादवले सरकारले आफ्ना माग पूरा नगर्ने भए समर्थन फिर्ता लिइने बताए ।
प्रधानमन्त्री केपी ओलीले राजपाका मागहरु सम्बोधन गर्ने आश्वासन दिएकाले अहिले पर्ख र हेरको रणनीतिमा रहेको यादवले बताए ।
“हाम्रो लागि सरकारमा जाने कुरा प्राथमिकतामा छैन । मुख्य प्राथमिकता हाम्रो माग र मुद्दा हो ।” यादवले भने । “अहिले राजपा सरकारमा जाने सम्भावना एक प्रतिशत पनि छैन । सरकारले हाम्रा माग पूरा गर्ने आश्वासन दिएको छ । अब काम कहिले गर्छ, कुरेर बसेका छौँ ।”