Logo

सांसदद्धारा गोविन्द केसीमाथि ‘हत्यारा’को गम्भीर अभियोग



काठमाडौं, १३ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद गंगा चौधरीले डाक्टर गोविन्द केसीमाथि ‘हत्यारा’को गम्भीर अभियोग लगाएकी छन् ।

आइतबार संसदमा चिकित्सा शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद चौधरीले डा. केसीको अनसनका कारण कैयौंको ज्यान गएको जिकिर गरिन् । उनले भनिन्, ‘डा. गोविन्द केसी हत्यारा हुन् । हत्यारालाई कारबाही गर्ने कि नगर्ने ?’

डा. केसीको अनसनका क्रममा शिक्षण अस्पतालले भर्ना नलिँदा डा. दाङ देउखुरी लमही नगरपालिका १ का हेपाटाइटिसका विरामी गोविन्द चौधरीको मृत्यु भएको भन्दै भनिन्, ‘यो त एउटा उदारहण मात्र हो । यस्ता घटनाको जिम्मेवारी कसले लिन्छ ? नेपाली कांग्रेसले लिन्छ कि गोविन्द केसीले लिन्छन् ?’



प्रतिक्रिया दिनुहोस्