Logo

मेडिसिटीमा स्तन र खाना नलीको क्यान्सरसम्बन्धि विश्वस्तरीय सम्मेलन हुँदै



काठमाडौं, १३ साउन । अमेरिकास्थित् विश्वप्रशिद्ध येल न्यु हेभन हस्पिटल र नेपाल मेडिसिटी अस्पतालले स्तन र खाना नलीको क्यान्सर रोग सम्बन्धमा विश्वस्तरीय सम्मेलनको आयोजना गर्ने भएको छ ।

यहि श्रावण १४ देखि १६ गतेसम्म नेपाल मेडिसिटी अस्पताल, भैसेपाटीमा आयोजना हुने मेडिसिटी– येल ब्रेस्ट एण्ड इसोफेगस कन्क्लेभमा अमेरिकाबाट डा. डिकरम्यान होलिस्टरको नेतृत्वमा ७ जनाको विशेषज्ञ टोलीहरुको सहभागिता रहने एक कार्यक्रमकाबीच आज जानकारी दिइएको छ ।

“उपचार, पुनस्र्थापना र भविष्यका आधारहरु” मूल नारासहित यस विशेष समारोहमा नेपालभरीबाट करिब २ सय भन्दा बढी क्यान्सर रोग विशेषज्ञ, शल्यचिकित्सक, फिजिसियन, रेडियोलोजिष्टहरुको उपस्थिति रहने छ ।

सम्मेलनमा खासगरी स्तन क्यान्सर रोगका चरणहरु, रेडियोलोजी सेवा, शल्यक्रिया, किमोथेरापी, दुखाइ व्यवस्थापन लगायत शल्यक्रिया एवं उपचारबारे बृहद् छलफल एवं अन्तरक्रिया गरिनेछ ।

स्तन क्यान्सर र खाने नलीको क्यान्सरका जटिल शल्यक्रियाको नेपाल मेडिसिटी अस्पतालको अपरेशन थिएटर देखि सम्मेलन स्थलमा प्रत्यक्ष प्रशारणका माध्यमबाट जानकारी आदान प्रदान गरिने छ ।

यस सम्मेलन सर्जिकल, मेडिकल, रेडिएसन क्यान्सर विशेषज्ञ र क्यान्सरसँग सम्बन्धित अन्य सबै विशेषज्ञका लागि फलदायी रहने अपेक्षा राखिएको छ ।

विभिन्न विधाका क्यान्सर उपचार सेवाबारे अनुभव एवं ज्ञान आदान प्रदान गरिने यस सम्मेलन ३ दिन सम्म सञ्चालन हुनेछ ।



प्रतिक्रिया दिनुहोस्