Logo

राज्यन्त्री शर्माकै अगाडि झगडा, पाँच जना घाइते



साउन १४, काठमाण्डौ । प्रदेश २ का नवनियुक्त राज्यमन्त्री अभिराम शर्मा उपस्थित रहेकै बेला महोत्तरीको पिपरा गाउँपालिकाको गाउँपरिषदमा झडप हुँदा पाँच जना घाइते भएका छन् ।

राष्ट्रिय जनता पार्टी (राजपा)बाट अध्यक्षमा निर्वाचित विनोद चौधरीले विकासका योजनामा एकलौटी गरेको भन्दै उनकै पार्टीका कार्यकर्ताहरुले विरोध गरेपछि झडप भएको हो ।

झडपमा राजपाको पिपरा गाउँ कमिटी अध्यक्ष विनित पाण्डेयसहित पाँच जना घाइते भएका छन् ।

राज्यमन्त्री शर्मालाई प्रमुख अतिथीको रुपमा बोलाइएको थियो ।

गाउँपालिका अध्यक्ष चौधरीले पार्टीसँग छलफल नै नगरी गाउँ परिषद गरेको र भनेअनुसारका योजनाहरु छनौट गर्न नखोजेको भन्दै आफ्नै पार्टी राजपाका गाउँ इकाई कमिटीले बहिष्कार गर्ने निर्णय गरेको थियो ।

पार्टीको विरोध हुँदाहुँदै परिषद गरेको भन्दै परिषदस्थलमा राजपाका केही कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेपछि झडप भएको हो ।



प्रतिक्रिया दिनुहोस्