Logo

गगन थापा र दुर्गा प्रसाईविरुद्ध नेपाली विद्यार्थी संघ, यस्तो छ आन्दोलनको कार्यक्रम



साउन १४, काठमाण्डौ । नेपाली विद्यार्थी संघ, बंगलादेशले बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाई र पूर्वस्वास्थ्यमन्त्री गगन थापाको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

युनियनले प्रसाईमाथि कानुनी कारबाही र थापाले माफी माग्नुपर्ने माग गरेको छ । यदी त्यसो नगरिए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिदै युनियनले आन्दोलनका कार्यक्रमसमेत घोषणा गरेको छ ।

प्रसाईले बंगलादेशमा मेडिकल शिक्षा अध्यययनरत महिलाको अपमान हुने गरी अभिव्यक्ति दिएको तथा थापाले त्यहाँको शिक्षाको गुणस्तरमाथि कपोलकल्पित अभिव्यक्ति दिएको युनियनको आरोप छ ।

दुवैको अभिव्यक्तिलाई लिएर आलोचना भइरहेका बेला उसले आगामी दिनमा पनि यस्तै गैरजिम्मेवारपूर्ण अभिव्यक्ति आउन सक्ने भन्दै त्यसलाई रोक्न कडा कानूनी व्यवस्था गर्न समेत सरकारसँग माग गरेको छ ।

आन्दोलित विद्यार्थी युनियनले आज ढाकास्थित नेपाली दूतावासमा ज्ञापनपत्र बुझाउँदै छ । १७ गते ढाकामा सांकेतिक विरोध कार्यक्रम राखेको युनियनले १८ गते ढाकास्थित दूतावासमा १२ बजेदेखि धर्ना दिने कार्यक्रम युनियनले सार्वजनिक गरेको छ ।



प्रतिक्रिया दिनुहोस्