Logo

नेताहरु लाजै पचाएर भन्छन्,-जोशीलाई स्विकृत वा अस्विकृत गर्ने विषयमा पार्टीको हस्तक्षेप छैन



साउन १७, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका नेता सोमप्रसाद पाण्डेले प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीबारे निर्णय गर्नेकुरामा संसदीय सुनुवाई विशेष समिति पार्टीको प्रभावमा नपरेको दाबी गरेका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता पाण्डेले संसदीय समितिले आफ्नो काम, कर्तव्य र अधिकारअनुसार नै काम गरिरहेको बताएका हुन् ।

जोशीलाई अनुमोदन गर्ने वा अस्वीकृत गर्ने निर्णय गर्न संसदीय सुनुवाई विशेष समितिको पटकपटकको बैठकले निष्कर्ष निकाल्न सकेको छैन । सत्तापक्ष नेकपा र प्रतिपक्ष कांग्रेसबीच एकमत हुन नसक्दा निर्णय हुन नसकेको हो ।

समितिमा रहेका सदस्यहरुले पार्टीको निर्देशनअनुसार समितिमा आफ्नो कुरा राख्दै आएका छन् । तर पाण्डेले समितिले जोशीको बारेमा सबै कुरा खोज गर्नुपर्ने भएकाले निर्णय हुन ढिला भएको दाबी गरेका छन् ।

यता बुधबार संसदीय समितिमा बैठक जारी रहँदा सिंहदरबारभित्र सत्तारुढ र प्रतिपक्षी दुवै दलका नेताहरुको वेग्लावेग्लै छलफल भइरहेको देखिन्थ्यो ।

यसअघि पनि समितिका सदस्यहरुलाई बोलाएर नेकपा र कांग्रेसले पार्टीको धारणाअनुसार काम गर्न निर्देशन दिएका थिए । नेकपाका तर्फबाट समितिमा सदस्य रहेका पार्वत गुरुङले त नेकपा अध्यक्षद्धय केपी ओली र प्रचण्ड तथा उपनेता सुवास नेम्वाङलाई दिपकराज जोशीले दिएको जवाफबारे जानकारी गराएको र उनीहरुले थप सरसल्लाह गरेर समितिलाई निर्देशन दिने बताएका थिए ।

तर पाण्डे भन्छन्, “जोशीको बारेमा पार्टीले निर्णय गर्ने होइन । संसदीय सुनुवाई विशेष समितिले निर्णय गर्ने हो । पार्टीले हस्तक्षेप गर्ने भन्ने हुँदैन ।”

जोशीका बारेमा सबै कुराको मूल्याङ्कन गरेर छिटै निर्णय गर्ने पाण्डेको दाबी छ ।

सम्बन्धित समाचार : 

जोशीलाई अस्विकृत गर्ने निर्णयबाट पछि हट्दै नेकपा, यस्तो छ कारण

दिपकराज जोशीको शैक्षिक प्रमाणपत्रविरुद्ध कुनै उजुरी नै छैन,प्रधानमन्त्रीले षडयन्त्र गरे : प्रधान

दलहरुबीच जुटेन सहमति, जोशीको नियुक्ति अन्योलमा

प्रधानन्यायाधीश जोशीबारे संसदीय समितिको कामप्रति नेकपाभित्रै असन्तुष्टी

प्रधानन्यायाधीशका लागि जोशीलाई अयोग्य ठहर गर्ने हो भने प्रधानमन्त्री ओलीले राजिनामा दिनुपर्छ : केसी

प्रधानमन्त्री ओलीले सिफारिस गरेका जोशीलाई सुनुवाई समितिले किन अड्कायो ?

दिपकराज जोशी प्रधानन्यायाधीशका लागि अयोग्य : सुमनराज प्याकुरेल

प्रधानन्यायाधीशका बारेमा संसदीय समिति अधिकार बाहिर गयो : बार अध्यक्ष केसी

अन्ततः सत्तारुढ दलले जोशीलाई प्रधानन्यायाधीशमा अस्विकृत गर्ने

जोशीका बारेमा सुनुवाई समितले तत्काल तटस्थ निर्णय गर्नुपर्छ : रामनारायण विडारी



प्रतिक्रिया दिनुहोस्