Logo

संसदमा कसले भन्यो प्रधानमन्त्री र सभामुख दुवै जना ’हत्यारा’ (भिडियोसहित)



साउन १७, काठमाण्डौ । काठमाण्डौ । राष्ट्रिय जनता पार्टी नेपालका सांसद प्रमोद साहले प्रधानमन्त्री र सभामुख दुवै जना ’हत्यारा’ भएको अभिव्यक्ति दिएपछि प्रतिनिधीसभा बैठकमा विवाद भएको छ ।

बिहीबारको प्रतिनिधीसभा बैठकमा राजपा सांसद रेशम चौधरीलाई सपथ नगराएको विषयमा सांसद साहले उक्त अभिव्यक्ति दिएका थिए । मुलुकमा धेरै मान्छे मारेर प्रधानमन्त्री र सभामुख भएको र अपार मत ल्याउदा ल्याउदै पनि रेशम चौधरीलाई किन सपथ गराइएन भनेर उनले प्रश्न गरेका थिए ।

सांसद साह बोलेपछि नेकपाका सांसदहरुले नियमापत्ति गरेका थिए । साहले बोलेपछि बैठकमा उपसभामुख शिवमाया तुम्बाहाम्फेले सांसद साहको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिएकी थिइन् ।

त्यसको विरोध गर्दै सांसद साहले आफूले उक्त अभिव्यक्ति हटाउन लगाइएको भन्दै प्रतिप्रश्न गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot