Logo

अमेरिकी राजदूत टेप्लिजद्धारा राष्ट्रपति भण्डारीसँग बिदाई भेट



काठमाडौँ, १७ साउन / राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिजले आज बिदाई भेट गर्नुभएको छ ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको भेटमा नेपाल र अमेरिकाबीचको सम्बन्ध, आपसी हित र चासोका बिषयमा विचारविमर्श भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सो अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु एवम् नेपालस्थित संयुक्त राज्य अमेरिकी राजदूतावासका अधिकारीको उपस्थिति थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot