Logo

पिएमएल–एन नेताद्वारा पूर्व प्रधानमन्त्री शरीफसँग भेट



काठमाडौँ,१८ साउन । राससपाकिस्तान मुस्लिम लिग–नवाज पिएमएल–एन का नेता सेहवाज शरीफसहितका केही नेताहरूले पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफ र उनकी छोरी मार्यामलाई अदियाला जेलमा पुगी भेट गरेको खवर सार्वजनिक गरिको छ ।

पाकिस्तानी जिओ टेलिभिजनका अनुसार शेहवाज शरीफ, पूर्व विदेशमन्त्री खावाजा असीफ, प्रधानमन्त्रीको विदेश मामिला हेर्ने पूर्व विशेष सहयोगी तारिक फातेमी, तथा पूर्व सूचनामन्त्री मारियूम अरून्जेबलगायतका नेता शरीफलाई भेट्न जेल पुगेका थिए।

शरीफद्वारा आयोजना गरिएको सर्वपक्षीय सम्मेलनपूर्व नै उनिहरूले नेता शरीफलाई भेटेका हुन । छाती तथा देब्रे पाखुरामा कडा दुखाई महशुस गरेपछि शरीफलाई पाकिस्तान इन्टिच्युट अफ मेडिकल साइन्सेस पिआइएमएसमा भर्ना गरिएको थियो । तर शरीफको स्वास्थ्य अवस्था सामान्य बनेपछि उनलाई आदियाला जेल पठाइएको छ ।

पाकिस्तानी न्यूज इन्टरनेशनलले अस्पताल स्रोतलाई उद्धृत गर्दै भनेको छ उपचारपछि पूर्व प्रधानमन्त्रीको आफ्नै अनुरोधमा जेल फिर्ता पठाइएको छ ।

पाकिस्तानको एक अदालत नेशनल अकाउन्टेविलिटी कोर्टले गत जुलाई महिनाको १३ गते एभेन्फिल्ड मुद्दामा दोषी ठहर गरी शरीफ तथा उनकी छोरी मार्यामलाई जेल सजाय सुनाएको थियो ।रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot