Logo

फुटबल स्टार हेरी केनको तस्बिर कोरीएको पैसा बजारमा



काठमाडौँ,१८ साउन । केहि हप्ता अगाडी समाप्त भएको विश्वकपका गोल्डेन बुट जितेका बेलायती फुटबल स्टार हेरी केनको तस्बिर कोरीएको पैसा बजारमा ल्याइएको छ

। बेलायती सरकारले नभएर, बेलायती एक चित्रकारले पाँच रुपैयाँको नोटमा केनको तस्बिर राखेर बजारमा ल्याएका भएपनि यो कारोबारलाई बेलायत सरकारले कानुनअनुसारकै मान्ने गरेको छ।

‘विश्वकपमा देशका लागि महत्वपूर्ण योगदान पुर्‍याएको सम्मानस्वरूप’रुस विश्वकपमा सर्वाधिक गोल गर्दै गोल्डेन बुट जितेका केनको सम्मानमा चित्रकार ग्राहम सर्टले पाँच रुपैयाँको नोटमा उनको तस्बिर कोरका हुन्। केनको तस्बिर राखिएको पाँच रुपैयाँको त्यस्ता ६ वटा नोटबाट उनले बजारमा कारोबारसमेत गरिसकेका छन्।

चित्रकार सर्टले आफूले तयार पारेका त्यस्ता नोटमध्ये एउटा उनै केन र अर्को बेलायती फुटबल संघलाई उपहार दिएको पनि बताएका छन्।आफूले तयार पारेकामध्ये प्रत्येक नोट ५० हजार रकम बराबरको रहेको चित्रकारले बताएका छन ।

पाँच रुपैयामा चित्र कोरीएको भएतापनि ति नोटहरु हजारौ डलरमा कारोबारहुने अपेक्षा गरिएको छ ।एजेन्सि



प्रतिक्रिया दिनुहोस्

Screenshot