Logo

कांग्रेसले ध्वंसात्मक राजनीति सुरु गर्यो : गजुरेल



साउन १८, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका नेता हरिबोल गजुरेलले नेपाली कांग्रेसले रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्नछाडेर ध्वंसात्मक राजनीति गर्न थालको आरोप लगाएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै गजुरेलले पछिल्लो समय नेपाली कांग्रेसले अपरिपक्व राजनीति सुरु गरेको बताए ।

प्रधानन्यायाधीश नियुक्ति प्रकरणमा कांग्रेसले गलत धारणा राखेको भन्दै उनले संवैधानिक परिषदले सिफारिस गरेको व्यक्तिलाई संसदीय सुनुवाई विशेष समितिले अस्विकार गर्न सक्ने बताए ।

तर कांग्रेसले समितिको अधिकारलाई कुण्ठित गर्न लागेको उनको जिकिर छ । प्रधानन्यायाधीश नियुक्तिका सम्बन्धमा तथ्यहरु खोज्नुको साँटो जस्तो सुकै व्यक्ति भए पनि दिपकराज जोशीलाई नै स्विकृत गर्नुपर्छ भनेर ढिपी गर्नु गलत भएको उनको तर्क छ ।

परिषदले सिफारिस गर्दैमा समितिले स्विकृत गर्नुपर्छ भन्ने बाध्यता नरहेको उनको तर्क छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot