Logo

BREAKING NEWS : प्रधानन्यायाधीशमा जोशीको नाम अस्वीकृत



काठमाडौं, १८ साउन । संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा दीपकराज जोशीलाई अस्वीकृत गरेको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानन्यायाधीशमा सिफारिश दीपकराज जोशीबारे निर्णय गर्न बसेको संसदीय सुनुवाइ समितिको बैठक बहिष्कार गरेको थियो ।

सत्तारुढ नेकपा र फोरम नेपालको १५ सदस्यीय समितिमा दुई तिहाई बहुमत थियो। अनुमोदनको पक्षमा ० र विपक्षमा १० मत परेको छ।समितिले अब उनको नाम अनुमोदन नभएको जानकारी सिफारिश गर्ने संवैधानिक परिषद्लाई दिनेछ।



प्रतिक्रिया दिनुहोस्

Screenshot