Logo

सभामुख सबैको साझा बन्नुपर्छ, हामी उहाँसँग छलफल गर्छौं : खाँण



काठमाडौं, १८ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सभामुख कृष्णबहादुर महरासँग आफ्नो पार्टीले छलफल गर्ने स्पष्ट पारेका छन् ।

काँग्रेसले सभामुखसँग थप छलफल गर्ने उनले बताए । उनले भने,“सभामुख सबैको साझा बन्नुपर्छ, सभामुखले सत्तापक्ष प्रतिपक्ष सबैलाई मिलाएर बैठक सञ्चालन गर्नुपछर्।”

बैठकमा काँग्रेसले संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव र संकल्प प्रस्ताव लैजाने सम्बन्धमा समेत छलफल भएको थियो । आजको बैठकमा संविधानका मौलिक हक कार्यान्वयनका लागि समय सीमाभित्र बनाउनुपर्ने ऐनका सम्बन्धमा पनि छलफल  भएको थियो ।

 



प्रतिक्रिया दिनुहोस्