Logo

प्रधानन्यायाधीशमा जोशी यसकारण अस्विकृत भए, यी हुन ५ कारण



काठमाडौं, १८ साउन । संसदीय सुनुवाई विशेष समितिले आज प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीको नाम दुई तिहाई बहुमतले अस्विकृत गरेको छ ।

सत्तारुढ दल नेकपा र फोरमका सांसदहरुले ले जोशीलाई अस्विकृत गर्नेबारे विपक्षमा मतदान गरेका थिए ।  बैठकपछि समिति सदस्य योेगेश भट्टराईले जोशीलाई अस्वीकृत गर्नुको कारणहरु सुनाए ।

यी हुन जोशी प्रधानन्यायाधीशमा अस्विकृत हुनुको ५ कारणहरु 

१. प्रधानन्यायाधीश नियुक्त भए के कसरी जिम्मेवारी निर्वाह गर्ने भन्ने ठोस कार्ययोजना र अवधारणाा पेश गर्न नसकेको ।

२. सुनुवाईका क्रममा आचरण, इमान्दारिता र कार्यक्षमताबारे सोधिएको प्रश्नको प्रष्ट र सन्तोषजक जवाफ दिन नसकेको ।

३. शैक्षिण प्रमाणपत्र सन्देहात्मक रहेको र जन्ममिति समेत फरक फरक रहेको । यसबारे जोशीले यथेस्ट प्रमाण पेश गर्न नसकेको ।

४. जोशीको सार्वजनिक आचरण र विगतका कामकारबाहीबारे पूर्व न्यायाधीशहरुबाटै प्रश्न उठको र सर्वोच्चको न्यायाधीश रहँदा नेपालको न्याय प्रणाालीमा योगदान दिन सक्ने दृष्टान्त पेश गर्न नसकेको ।

५. जोशीबाट न्यायालय स्वतन्त्र, सक्षम र विकृतिविहीन हुनसक्छ भन्ने निश्चित हुन नसकेको ।



प्रतिक्रिया दिनुहोस्