Logo

नवनियुक्त तीन मन्त्रीले लिए सपथ



काठमाडौं, १८ साउन। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा भानुभक्त ढकाल, भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रीमा पद्मा अर्याल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा डा. सुरेन्द्र यादवलाई नियुक्त गरेका हुन् ।

नवनियुक्त तीनैजना मन्त्रीले शुक्रबार नै सपथ लिएका छन् । यो सँगै मन्त्रिपरिषद २५ सदस्यीय भएको छ । संविधानमा मन्त्रिपरिषदको संख्या बढीमा २५ सदस्यीय हुने कानुनी व्यवस्था छ । ढकाल र अर्याल नेपाल कम्युनिस्ट पार्टीका हुन् भने यादव संघीय समाजवादी फोरमका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot