Logo

राजीनामा दिन्नँ, पेसी मै तोक्छु : जोशी



डौं १९ साउन । संसदीय सुनुवाइको दुईतिहाइबाट अस्वीकृत भएपछि दीपकराज जोशीले कामु प्रधानन्यायाधीशकै हैसियतमा काम गर्ने बताए । प्रधानन्यायाधीशमा अस्वीकृत भइसक्नुभयो अब के गर्नुहुन्छ भन्ने नयाँ पत्रिकाको प्रश्नमा उनले संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘अस्वीकृत भएर के भो र ? न्यायालयमै बसेर काम गर्छु । कामु प्रधानन्यायाधीश मै हुँ, मैले पेसी नतोके कसले तोक्छ ? संविधानको व्यवस्थाअनुसार पनि वरिष्ठ न्यायाधीशले नै पेसी तोक्छ ।’ प्रधानन्यायाधीशमा संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भए पनि न्यायाधीशका रूपमा कार्यरत रहने वा राजीनामा दिने विषयमा उनले बोल्न चाहेनन् । ‘यो विषयमा अहिले बोल्दिनँ,’ उनले भने ।

जिम्मेवारी आए पछि हट्दिनँ : मिश्र
दीपकराज जोशीपछि सर्वोच्चको दोस्रो वरीयताका न्यायाधीश हुन् ओमप्रकाश मिश्र । जिम्मेवारी पाए आफू पछि नहट्ने उनले बताए । ‘दीपक श्रीमान् अहिले पनि कायममुकायमकै हैसियतमा हुनुहुन्छ, मैले पेसी तोक्न मिल्दैन । उहाँले राजीनामा दिएर मकहाँ जिम्मेवारी आयो भने म पेसी तोक्छु । अहिलेसम्म मलाई कसैले प्रस्ताव गरेको छैन । तर, जिम्मेवारी आए नेतृत्व गर्न म पछि हट्दिनँ,’ मिश्रले नयाँ पत्रिकासँग भने ।



प्रतिक्रिया दिनुहोस्