Logo

संविधान बनाउँदा नेपाली कांग्रेसका नेता गाँजा खाएर बसेका थिए ? (चर्काचर्की भिडियो)



दिपकराज जोशीबारे बार अध्यक्ष केसी र नेकपा सासंद प्याकुरेलबीच घम्साघम्सी

साउन १९, काठमाण्डौ । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम संसदीय सुनुवाई समितिबाट अस्वीकृत भएपछि कानूनविदहरुको मत बाझिएको छ ।

संसदीय सनुवाई समितिले प्रधानन्याधीशमा जोशीको नाम अस्वीकृत गरे लगत्तै नेपाल बार एशोसिएसनले स्वतन्त्र न्यायपालिकामाथि ठाडो हस्तक्षेप भएको प्रतिक्रिया दिएको छ ।

नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसीले जोशीलाई बहुमतले अस्विकृत गर्नु दुर्भाग्यपूर्ण भएको बताए । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै केसीले सत्तापक्षले खेदजनक काम गरेको आरोप लगाए ।

सत्तारुढ दलका नेता तथा संसदीय सुनुवाई विशेष समितिका सदस्य योगेश भट्टराईले प्रस्तुत गरेको जोशीमाथिको आरोपमा कुनै तुक नै नभएको केसीले बताए ।

समितिमा सदस्य रहेका नेकपाका सासंद समुनराज प्याकुरेलले भने संसदीय सुनुवाई विशेषसमितिले संवैधानिक प्रक्रियाबाट जोशीलाई अस्विकृत गरेकाले प्रश्न उठाउने ठाउँ नरहेको जिकिर गरे ।

प्याकुरेलले भने, “म बार एसोसियसनका अध्यक्ष केसीलाई प्रश्न गर्न चाहन्छु, संविधान बनाउँदा कम्युनिष्ट पार्टीका मात्रै प्रतिनिधी थिएनन् ? तपाई जसको वकालत गर्दै हुनुहुन्छ तिनीहरु (नेपाली कांग्रेस)का प्रतिनिधीहरु पनि थिए, ति गाँजा खाएर बसेका थिए ?”

केसीले भने कम्युनिष्ट सांसदहरुले दिपकराज जोशीलाई अस्विकृत गर्नुका ५ कारण पेश गरे पनि ति कारणहरु तर्कसंगत नभएको दाबी गरे ।

“५ वटा बुँदामा न संवधानिक आधार छ न कानुनी आधार छ । न परम्परा छ । सबै कुरा लत्याएर उहाँहरुले राजनीतिक पूर्वाग्रहका आधारमा निर्णय गर्नुभएको हो । समितिमा रहेका ९ जना सदस्य कम्युनिष्ट पार्टीबाट निर्देशित थिए ।” केसीले भने ।

तर प्याकुरेलले आफूहरु पार्टीबाट निर्देशित नभै संविधानबाट निर्देशित भएर काम गरेको जिकिर गरे । त्यसपछि प्याकुरेललाई केसीले प्रश्न गरे, “४८ सालदेखि आजसम्म जोशी न्यायाधीश भए । आज आएर कसरी संविधानअनुसार अयोग्य भए ?”

सम्बन्धित समाचार :

राजीनामा दिन्नँ, पेसी मै तोक्छु : जोशी

प्रधानन्यायाधीश नियुक्ति प्रकरणः अब के हुन्छ?

सरकार–सर्वोच्च बढ्न सक्छ द्वन्द्व

हामी रबर स्ट्याम्प होइनौँ, केपी ओलीको निर्देशन आवश्यक पर्दैन : निरु पाल

राजनीतिक पार्टी र सरकारले अदालतमाथि गिद्धे दृष्टी लगाए : अध्यक्ष अधिकारी

नेताहरु लाजै पचाएर भन्छन्,-जोशीलाई स्विकृत वा अस्विकृत गर्ने विषयमा पार्टीको हस्तक्षेप छैन

जोशीलाई अस्विकृत गर्ने निर्णयबाट पछि हट्दै नेकपा, यस्तो छ कारण

दिपकराज जोशीको शैक्षिक प्रमाणपत्रविरुद्ध कुनै उजुरी नै छैन,प्रधानमन्त्रीले षडयन्त्र गरे : प्रधान

दलहरुबीच जुटेन सहमति, जोशीको नियुक्ति अन्योलमा

प्रधानन्यायाधीश जोशीबारे संसदीय समितिको कामप्रति नेकपाभित्रै असन्तुष्टी

प्रधानन्यायाधीशका लागि जोशीलाई अयोग्य ठहर गर्ने हो भने प्रधानमन्त्री ओलीले राजिनामा दिनुपर्छ : केसी

प्रधानमन्त्री ओलीले सिफारिस गरेका जोशीलाई सुनुवाई समितिले किन अड्कायो ?

दिपकराज जोशी प्रधानन्यायाधीशका लागि अयोग्य : सुमनराज प्याकुरेल

प्रधानन्यायाधीशका बारेमा संसदीय समिति अधिकार बाहिर गयो : बार अध्यक्ष केसी

अन्ततः सत्तारुढ दलले जोशीलाई प्रधानन्यायाधीशमा अस्विकृत गर्ने

जोशीका बारेमा सुनुवाई समितले तत्काल तटस्थ निर्णय गर्नुपर्छ : रामनारायण विडारी



प्रतिक्रिया दिनुहोस्

Screenshot