Logo

एसियाको दोस्रो असोक वृक्ष भोजपुरको दिंलामा



मोहन तामाङ : भोजपुर, १९ साउन । भोजपुर सदरमुकाम देखि ४० किलोमिटर टाढा रहेको धार्मिक तथा पर्याटकिय क्षेत्रले प्रसिद्ध मानिने ठाँउ षडानन्द नगरपालिका दिंलामा १०८ आवल ब्रमचारी बाला गुरु षडानन्दले स्थापना गर्नू भएको सिताराम मन्दिरको प्रवेशद्धार छेउमा असोक वृक्ष रहेको छ ।

यो वृक्ष एशिया महादेशका देशहरु मध्यमा शृलंकामा धेरै मात्रमा पाईन्छ भने अरु देशमा यो वृक्ष काहिँ पनि नभएको र नेपालमा १ मात्र वृक्ष रहेको सत्य छ । यो वृक्षा शृलंका पछि नेपालमा मात्र रहेको भनि काठमान्डौ गोदावरी बोटानिकल विभागका उप सचिब नरहरि चापागाँइले प्रमाणित गरेका थिए ।

१२२ बर्ष अघि देखि यो वृक्ष दिंलामा रहेको छ बाला गुरु षडानन्दले १०८ प्रजातिका वृक्ष रोपि नेपालको रानिपोखरि बगैँचा भन्दा पनि पहिलो बगैँचा वा नेपालको नै सबै भन्दा पुरानो मानिने बगैँचामा असोकका वृक्ष पनि रोपेका थिए भनेर आवचारीले लेखिका किताबमा भेटिने तोयानाथ गौतमले बताए ।

यो वृक्षलाइ कलामि गरेको वा विभिन्न तरिकाले अन्त ठाँउमा पनि सार्नलाई धेरै कोसिस गरियो तर कुनै पनि प्रयास सफल नभएका बताउँछन स्थानियहरु । उक्त स्थानमा राम जानकि मन्दिर, किराँतेश्वोर माहदेबस्थान समेत रहेको छ ।

१९३२ षडानन्द गुरुले सानो परिसरमा सुरु गरि पछि सानो ठाँउ भएकोले तालुकदार हवलदार कालुमान बस्नेत संग जग्गा मागी ठुलो परिसर भनाई १९५६ मा वृहत परिसरमा सबै भन्दा पहिलो बगैँचा बनाउनु भएको थियो र अहिले यो बगैँचा साँस्कृति साम्रादायी सुचिमा सुचिकृत भइसकेको छ ।

तर उक्त बगैँचा, सिताराम मन्दिर, नेपालको दोस्रो संस्कृत बिद्यालय षडानन्द मा.वि. र १०८ आवल ब्रमचारि बाला गुरु षडानन्दको सालिक अहिले भग्नाशेष अवस्थामा रहेको छ । यस क्षेत्रलाई नगरपालिका वा सम्बन्धित निकायले अझै स्थर उन्नति र संरक्षण गर्न सके धेरै पर्याटकहरु भित्रिने र नगरपालिका वा जिल्लालाई नै चिनाउन सकिने बताउछन दिंलाका स्थानियहरु ।



प्रतिक्रिया दिनुहोस्

Screenshot