Logo

श्रीमतीलाई घुमाउन त मन छ, तर दिपाश्रीको बढि माया लाग्छ : दिपकराज गिरी



काठमाडौं, १९ साउन । चर्चित निर्माता एवम् अभिनेता दिपकराज गिरीले आफूलाई श्रीमती घुमाउन मन भएपनि दिपाश्रीको बढि माया लागेर घुमाउने समय नपाएको खुलासा गरेका छन् ।

प्राईम टाईम्स टेलिभिजनमा पत्रकार ऋषि धमलासँगको रमाईलो शनिबारे बसाईमा आज  विशेष कुराकानी गर्दै गिरीले भने,‘के गर्नु फुर्सदको समयमा श्रीमतलाई घुमाउन त मन लाग्छ नि, तर मलाई दिपाश्री निरौलाको बढि माया लाग्छ ।’

धमलासँग बडो रोचक र रोमान्टिक शैलीमा प्रस्तुत भएका गिरीले भने,‘विवाह त मैले एकजनासँग गरे । तर माया मैले दिपाश्रीसँग गरेको छु । नेपाली चलचित्र क्षेत्रमा मेरो पहिलो रोजाई दिपाश्री नै हो । तर घरमा श्रीमती नै हो । हिरोईनमा मलाई साथ दिने दिपाश्री नै हो । हाम्रो जोडीलाई कसैले छुटाउन सक्दैन् । यो जोडी आनन्दसँग जिन्दगी जिउन चाहन्छ।’ आफूले दिपाश्रीसँगको दरिलो साथ नछोड्ने दिपकले प्रतिबद्धता समेत जनाए ।

https://www.youtube.com/watch?v=H_MzwwZ9UsQ&t=74s

फरक प्रसँगमा उनले आफू राजनीतिक रुपमा यतिवेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसजस्तै भएको पनि बताए । उनले भने,‘म सत्तापक्षका नेताहरुसँग भेट्दिन् । कलाकारहरु सँधै प्रतिपक्षीको समर्थनमा हुनुपर्छ । म पनि अहिले त्यही हुँ ।’

गिरीले देशमा नेपाली चलचित्रको राम्रो संभावना र ठूलो बजार रहेको समेत स्पष्ट पारेका छन् । उनले सबै कलाकारको फिल्म सफल भएको दाबी समेत गरेका छन् । उनले थपे,‘म यसपटक अशोक शर्मासँग पनि प्रतिष्पर्धा गर्न तयार छु । मेरो चलचित्रलाई एकल प्रर्दशनीमा ल्याउँदिन् । म भीड्न तयार छु।’



प्रतिक्रिया दिनुहोस्

Screenshot