
काठमाडौं, १९ साउन । संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा आफ्नो नाम अस्विकृत गरेपछि कामु प्रधानन्यायाधीश दिपकराज जोशीले आधिकारिक निकायको अध्ययन विना नै आफ्ना प्रमाणपत्रका विषयमा समितिले धारणा बनाउँदा आफूलाई अन्याय भएको बताएका छन् ।
शनिबार साँझ एक प्रेस वक्तव्य जारी गर्दै कामु प्रधानन्यायाधीश जोशीले यस्तो गुनासो पोखेका हुन् । विज्ञप्तीमा भनिएको छ,‘मैले मेरो शैक्षिक प्रमाणपत्र संसदीय सुनुवाई विशेष समितिका माननीय सभापतिज्यू समक्ष पेश गरिसकेको र मेरो शैक्षिक प्रमाणपत्रहरु विभिन्न सार्वजनिक सञ्चार माध्यममा प्रकाशित भईसकेको समेत स्मरण गराउँदछु। सो विषयमा आधिकारिक निकायबाट अध्ययन अनुशन्धान नै नगरी, स्वतन्त्र निकायको अध्ययन अनुशन्धान विना नै विना आधार, विना प्रमाण एवं हचुवाको भरमा आशंका तथा चर्चा परिचर्चा भइरह्यो । त्यस्तो चर्चा परिचर्चा तथ्य, प्रमाण र प्रमाणिक निकायबाट निक्र्यौल नै नभइ सार्वजनिक भएका व्यक्तिगत धारणा र विचारका आधारमा भएका थिए।’
वक्तव्यको पूर्णपाठ :