Logo

मुलुक थप संकटमा पर्ने कृष्णप्रसाद सिटौलाको तर्क



काठमाडौं, १९ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले निर्धारित समयभित्र संविधान प्रदत्त अधिकार प्रत्याभुतिका लागि ऐन बन्न नसक्दा मुलुक थप संकटमा पर्ने तर्क गरेका छन् ।

महिला उत्थान केन्द्रले शनिबार राजधानीमा गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । संवैधानिक निकायले निष्पक्ष काम गर्न नसक्ने अवस्था श्रृजना भएको भन्दै यस्तो अवस्थाले अन्तत लोकतन्त्रमाथि नै चुनौती थप्ने बताए ।

नेता सिटौलाले लोकतन्त्रमाथि चुनौति खडा भएको समेत बताएका छन् । उनले संविधानले निर्दिष्ट र परिकल्पना गरेको मार्गचित्रमा सरकार अघि बढ्न नसकेको टिप्पणी गरे ।

संविधानले सबै वर्ग, जात जाति र भाषा भाषीको अधिकार सुरक्षित गरे पनि सरकार ती अधिकार प्रत्याभुतिका लागि बनाउनुपर्ने ऐन निर्माणमा चासो नदिएको दाबी उनको थियो ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्

Screenshot