साउन १९, काठमाण्डौ । चुच्चेपाटी, चाबहिलस्थित केएल टावर मलमा साउन १९ गते विहीबार देखि विग अफर सेल मेला सुरु भएको छ । वार्षिक रुपमा हुदै आएको सेल मेला तीन सातासम्म संचालन हुनेछ । नजिकिँदो चाडबाडमा नेपालीको किनमेल संस्कृतिलाई ध्यानमा राखेर मेला अयोजना गरिएको टावरले जनाएको छ ।
एक्काईस दिनसम्म सञ्चालन हुने मेलामा कुनै पनि सामानको खरिदमा उपभोक्ताले ५० प्रतिशतसम्म छूट पाउने मेलाका संयोजक हिरामणि तिमिल्सिनाले जानकारी दिए ।
साथै सेल मेला अवधिभर सपिगं गर्ने गाहकले दैनिक रुपमा विभिन्न आर्कषक उपहार समेत पाउनेछन । दैनिक सेल एण्ड विन अफरमा गाहकले एक हजार रुपैयाँको सपिगं भौचर, के एल फुडकोर्टको लन्च कुपन, एफ क्युब सिनेमाको टिकट, मेहेन्दि र हेयर कट कुपन लगायतका विभिन्न उपहार पाउन सक्नेछन ।
त्यस्तै बम्पर उपहार अन्तर्गत ४० हजार रुपैंया बराबरको स्मार्ट फोन, दश हजारं, पाँच हजार र तीन हजारको सपिगं कुपन , फुल क्यास ब्याक तथा एफ क्युब सिनेमाको टिकट जित्न सक्ने आयोजकले जनाएको छ ।
विग अफर सेल मेलामा लुगा, जुत्ता, घडी, ब्याग लगायतका दुई हजार भन्दा बढी किसिमका सामानहरुको खरिदमा असिमित छुट दिइने टावरले जनाएको छ ।
यस सेल मेला अवधि भर केएल टावरमा निःशुल्क नेल आर्ट, फेस पेन्टिङ, सांगीतिक कार्यक्रम, फेशन शो, गेमशोलगायत कार्यक्रम पनि आयोजना हुने बताइएको छ । विग अफर सेल मेला आगामी भदौ १० गतेसम्म चल्नेछ ।