Logo

सरकारप्रति कांग्रेसको दृष्टीकोणसँग हाम्रो विचार मिल्दैन : यादव



साउन २०, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका नेता राजकिशोर यादवले न्यायालयमाथि कसैले पनि हस्तक्षेप गर्न नहुनेमा जोड दिएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नता यादवले कार्यपलिका, व्यवस्थापिका र न्यायपालिकाबीच विवाद ल्याउन नहुने बताए ।

अहिलेको सरकारप्रति कांग्रेसको धारणासँग भने आफूहरुको धारणा नमिल्ने उनले स्पष्ट पारे ।

“काग्रेसले भनेजस्तै हाम्रो पार्टीको दृष्टीकोण त छैन । हामीले राजनीतिक फड्को मार्यौँ । न्यायालयलाई पनि नयाँ संरचनामा लैजाउँ भन्ने हाम्रो दृष्टीकोण हो । ” यादवले भने ।

पछिल्लो घटना क्रम र व्यवस्थापिका–न्यायपालिकाबीचको सम्बन्धका बारेमा आज धारणा सार्वजनिक गरिने यादवले जानकारी दिए ।

तर कांग्रेसले भनेजसरी आफूहरुले कुरा अगाडि नबढाउने उनले बताए । अहिलेको सरकारलाई राजपाले समर्थन र विरोध दुवै नगर्ने बताए ।

“विशेष उद्देश्यका लागि सरकारलाई समर्थन गरेका हौँ । संविधान संशोधन हुने अपेक्षासहित सरकारलाई समर्थन गरेका हौँ । तर विपक्षीको बेन्चमा बसेका छौँ । स्वतन्त्र र तटस्थ विचार राख्दै आएका छौँ ।” यादवले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot