Logo

देउवाको ओलीलाई चेतावनी : सडकबाट सत्ता फाल्नु नपरोस



काठमाडौं, २० साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज फोन गरेर चेतावनी दिएका छन् ।

स्रोतका अनुसार देउवाले प्रधानमन्त्री ओलीसँग आज विहान टेलिफोनमा संक्षिप्त कुराकानी गरेर यसैगरि पेलेर अघि बढ्ने हो भने कांग्रेसले सडक संघर्ष गर्ने चेतावनी दिएका थिए ।

देउवाको ओलीसँगको सम्वादबारे जानकारी दिँदै स्रोतले भन्यो,‘प्रधानमन्त्रीज्यू तपाईको नियत गलत छ, म अब चुप लागेर बस्दिन् । यस्तै हो भने कांग्रेसले अब आन्दोलनको आँधीहुरी ल्याउँछु।’

सभापति देउवाले आजै विहान पार्टीका आफूनिकट नेताहरुलाई निवासमा बोलाएर छलफल समेत गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot