Logo

कर्णालीकी छोरी कमला र भुवनका छोरा अनमोल भिड्ने !



काठमाडौं, २० साउन । अभिनेत्री एवम् सामाजिक अभियान्ता रेखा थापाद्धारा निर्मित नेपाली कथाकन चलचित्र ‘मालिका’ र यूवा स्टार अनमोल केसी अभिनित चलचित्र ‘क्याप्टेन’बीच भिडन्त हुने आकंलन गरिएको छ ।

यस समयमा नायिका थापा र नायक भुवन केसीबीच मन मुटाव छ भन्ने कुराले चर्चा नपाउने कुरै भएन ।  नायिका थापाका अनुसार चलचित्र ‘मालिका’ सामाजिक चलचित्र हो, नेपाली कथानक चलचित्र हो, नेपाली समाजमा रहेका बेतिथिहरुलाई उजागर गरेको र समस्या समाधान गर्ने उपाए पनि हेर्न पाईने छ ।

उल्लेखित दुईवटा चलचित्र जुध्छन् या के हुन्छन् ? त्यो पर्खाएको विषय हो । तर सिङ्गो कर्णाली प्रदेशकी छोरीको प्रतिनिधित्व गरेर चलचित्र ‘मालिका’ मा डेब्यू गरेकी नव नायिका कमला वली र यूवा पुस्तामा लोकप्रिय बनि सकेका यूवा स्टार अनमोल केसीबीच वर्तमान समयमा उठेको प्र्रश्न यदि सत्यमा परिणत भएको खण्डमा आगामी कार्तिकमा चलचित्र मैदानमा शित युद्ध हुनेछ ।

महिलाले वास्तविक जीवन ज्यूउन नपाएरै चोला बद्ल्न बिवश हुन्छन्, महिलालाई महिला बन्न कै लागि दिईने तालिमहरु बन्द गर्नुपर्छ, राष्ट्र र राष्ट्रियता प्रतिको सम्मान र भूमिका लगायत विषय समेटिएको चलचित्र ‘मालिका’ र कथा बस्तु खुल्न बाँकि चलचित्र ‘क्याप्टेन’ लाई दुईवटा पक्षबाट विश्लेषण गर्न सकिन्छ ।

पहिलो

ब्यापारको आँखाबाट

दोस्रो

सन्देशको हिसाबमा

पछिल्लो समयमा चलचित्रलाई ब्यापारको रुपमा लिईने गर्रिको छ । यूटुवमा गएको भ्यूजलाई आधार मान्न खोजिदै छ । जुन कुरा गलत छ । चलचित्र समाजको ऐना हुनुपर्छ । समाजको जीवन चलचित्रले देखाउनु पर्छ । अनि मात्रै चलचित्र सम्मानित विधा बन्न सक्छ ।

पैसाको लागि र ब्यापाराको लागि निमार्ण गरिने चलचित्रहरु केवल मनोरञ्जनका साधान हुन्छन्, चलचित्र बन्न सक्दैनन् । नेपाली कथानक चलचित्रद्धारा सम्बोधन गरेर समाचार लेख्न र बोल्न पनि सहजलाग्ने चलचित्र सिरियल, हास्यटेलिसिरियल मात्रै बन्छन । चलचित्र बन्दैनन् ।

किन चर्चित कलाकार कै चर्चा ?

उसो त कलाकारको जीवन र प्रेम चर्चा र आलोचनको सेरोफेरोकोबीच भागबाट माथि उठेको हुन्छ । केही समयभित्र प्रदर्शनमा आउने कुनै कुनै चलचित्रले समाचार लेख्ने कलम पाएका छैनन् । पत्रकार भेटेका छैनन् ।

तर नायिका थापा र भूवन केशीका छोरा अनमोलको यत्रो किन चर्चा हुँदैछ ? भन्ने लाग्न सक्छ तर बहुप्रतिक्षित रुपमा हेर्रिएको चलचित्र मालिका र यूवा स्टार अनमोल केसीको चर्चाका कारण यि चलचित्रले बढि स्थान पाएका हुन भन्दा अन्यथा हुँदैन ।

रेखा र भूवनको पानी बाराबार को कारण ?

चलचित्र क्षेत्रमा आफ्नै बलबुताले जमेका कलाकारहरु कम भेटिन्छन् । कुनै न कुनै शक्तिको आडमा कलाकारिता गरेको पाईन्छ । नेपाली चलचित्रमा हिरोजम भित्र्याउने श्रेय नायिका रेथा थापालाई नै जान्छ ।

नारीहरुको कोर्णबाट सम्बोधन गर्ने हो भने उनी महानायिका नै हुन । उनले चलचित्रमा उठाएका विषय बस्तु र उनको राजनीतिक, समाजिक सम्बन्धका कारण पनि उनी अरुभन्दा भिन्न छन् । नायक भूवन केसी र रेखा थापाले ‘साथी म तिम्रो, ‘दुनियाँ’ लगायतका केही फिल्ममासँगै काम गरेका छन् ।

आज मित्रता दिवसको अवसरमा पानी बाराबारको समाचार लेख्दा खल्लो महसूस त हुने रहेछ तर सत्य यहि हो कि नेपाली चलचित्रले आकार लिन सकेन । चलचित्रमा होमिएका कलाकारहरु अभिनय, कला भन्दा सेल्फि खिच्नहरुको भिडमा हराउन थाले ।

त्यसले चलचित्रको गरिमालाई धान्न सक्दैन भन्ने कुरा सबैले बुझ्नु पर्छ । करोडौंको ब्यापार गरेको आधारमा र सेल्फिहरु संख्या गनेर हिरो क्रेट गर्नु र चलचित्रको मानकको मूल्याङ्कन गर्नु हुँदैन ।

‘केही स्मारिकामा रेखाले आफूलाई मेघास्टार र महानायिका नभनेकोमा मिडियाप्रति गुनासो पोख्दै एक–दुई फिल्म हिट दिएको भरमा नयाँलाई मेघास्टार भनिनु गलत रहेको बताएकी थिइन् ।

रेखासँग भुवन रुष्ट हुनुको प्रमुख कारण अरु नभएर यही नै हो । पछिल्लो समय उनका छोरा अनमोल केसीलाई मेघास्टारु भनिन थालिएको छ । आफ्नो छोरालाई मेघास्टार भनिएको प्रति रेखाले विरोधको स्वर उठाउनु भुवनका लागि पाच्य भएन ।

रेखासँग भुवन रुष्ट हुनुको कारण अर्को पनि छ । केही हप्ता अगाडि रेखाले अभिनेता प्रदीप खड्कालाई नेपालको नम्बर वान नायक भन्दै तारिफ गरिन् । उनले यतिमात्र भनिनन् । प्रदीपले अरुको बुई चढेर यो स्थान नबनाएको भन्दै प्रशंसा गरेकी थिइन् ।

उनले घुमाउरो शैलीमा फेरि अनमोललाई नै निशाना बनाएकी थिइन् । भुवन अभिनेता भएका कारण अनमोललाई फिल्ममा संघर्ष गर्नु नपरेको उनको साइलेन्ट तर्क थियो, जुन तर्कमा दम छ । बाहिरी कमेन्ट पनि यस्तै सुनिन्छ ।’



प्रतिक्रिया दिनुहोस्