Logo

बल्ल सुनुवाई विशेष समितिको औचित्य पुष्टि भयो : देवेन्द्र पौडेल (भिडियोसहित)



काठमाडौं, २० साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले प्रस्तावित प्रधानन्यायाधीश दिकराज जोशीलाई संसदीय सुनुवाई विशेष समितिले अस्विकृत गरिनुले समिति भएको पुष्टि भएको बताएका पारेका छन् ।

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै  उनले भने,‘अदालत र सदनबीच यो विषयले नयाँ पटाक्षेप भएको छ । समितिको यो निर्णयले सदनको सर्वोच्चता पुष्टि भएको छ।’

आफू सुनुवाई समितिको निर्णयको पक्षमा रहेको सुनाउँदै उनले समितिको निर्णय अक्षरशः पालना हुनुपर्ने बताए । नेता पौडेलले भने,‘दिपकजीले आफ्नो तर्क राख्नुभयो । तर म व्यक्तिगत रुपमा उहाँप्रति कुनै टिप्पणी गर्दिन् । कांग्रेसले सत्तारुढ दलले दुई तिहाईको दम्भ देखायो भनेर आरोप लगाउनुपनि यो पूरानै शब्दको पुनरावृत्ति हो ।’

उनले सरकारको कामकारबाहीबारे प्रतिपक्षी दलले आलोचना गर्न पाउने बताए । उनले भने,‘तर स्वघोषित लोकतान्त्रिक पार्टीले समितिको निर्णय गलत छ भन्न पाईँदैन्।’

सरकारले कुनैपनि हालतमा तानाशाह नल्याउने उनको जिकिर छ । उनले भने,‘अहिले हामी र संघीय समाजवादी फोरम सरकारमा छौं । हामी तानाशाही ल्याउन चाहँदैनौं ।’



प्रतिक्रिया दिनुहोस्