इनरुवा, २१ साउन । जिल्ला प्रहरी कार्यालय सुनसरीले ४० किलो अवैध सुपारीसहित एक जनालाई आइतबार पक्राउ गरेको छ । जिल्लाको देवानगञ्ज गाउँपालिका–४ स्थित हनुमान मन्दिर नजिकबाट नेपालबाट भारततर्फ बा ३९ प १९७५ नम्बरको मोटरसाइकलमा अवैधरुपमा लगिरहेको अवस्थामा सुपारीसहित एक जनालाई पक्राउ गरेको सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो ।
नेपालबाट भारततर्फ सुपारी तस्करी भइरहेको छ भने खबरको आधारमा ४० किलो सुपारीसहित देवानगञ्ज–१ का २३ वर्षीय सन्तोषकुमार मेहतालाई पक्राउ गरिएको हो ।
पक्राउ परेका सुपारी, मोटरसाइकल आवश्यक कारवाहीका लागि सुनसरी भन्सार कार्यालय कोशी ब्यारेज सेतुबन्ध बुझाइएको प्रहरीले जनाएको छ । रासस