Logo

यौन ब्यवसाय सञ्चालक प्रिया र मन्दीरा पक्राउ



काठमाडौं, २१ साउन । राजधानीका विभिन्न स्थानमा भाडामा फ्लाट लिएर यौन धन्दा सञ्चालन गराउँदै आएका दुईजना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त, दरबारमार्गबाट खटिएका प्रहरी टोलीले शनिबार राती दुईजना महिलालाई पक्राउ गरि आज मात्रै सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा कामनपा २ लाजिम्पाटकी २८ वर्षिया प्रिया श्रेष्ठ र मकवानपुर हेटौंडाकी १८ वर्षिया मन्दिरा तामाङ छन् । अन्य नारीहललाई फकाई पैसाको प्रलोभन देखाई जबरजस्ती पर पुरुषहरुसँग जबरजस्ती यौन सम्पर्क राख्न लगाई मोटो रकम अशुली गर्ने गरेको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरुलाई मान बेचबिखन ऐन अन्तर्गत कसुर अदालतबाट म्याद थप अनुमती लिई अनुसन्धान कार्य जारी रहेको महानगरीय प्रहरी वृत्त, दरबारमार्गले जानकारी दिएको छ ।

पक्राउ पर्नेको पूरा बिवरण

१.जिल्ला ललितपुर पाटन स्थायी घरभई हाल काजि कामनपा २ लाजिम्पाट बस्ने श्याम श्रेष्ठको छोरी बर्ष २८ की प्रिया श्रेष्ठ ।

२.जिल्ला मकवानपुर हेटौंडा नपा ८ घरभई हाल काजि लाजिम्पाट बस्ने कान्छाराम तामाङको छोरी बर्ष १८ की मन्दिरा तामाङ तितुङ ।



प्रतिक्रिया दिनुहोस्