Logo

सलमान खान र कट्रिना संगै देखिदै



काठमाडौँ,२१ साउन । बलिउडमा सलमान खान र कट्रिना कैफको जोडीलाई निकै सफल जोडीका रुपमा मानिन्छ ।

बलिउडमा पूर्व प्रेमी–प्रेमिकाका रुपमा समेत चर्चित यो जोडी फेरि एकपटक सँगै देखिने भएका छन । तर यसपटक उनीहरु फिल्ममा नभएर एक फेशन शोका लागि सँगै र्‍याम्पमा हिँडेको देख्न सकिने जानकारी प्राप्त भएको छ।

उनीहरुले खेलेका प्राय फिल्महरु सधै हिट रहने गरेका छन । जसको पछिल्लो उदाहरण निकै सुपरहिट फिल्म ‘टाईगर जिन्दा हे’ लाई नै लिन सकिन्छ ।मनिष मल्होत्राद्धारा आफ्नो ईन्डो पर्शियन कलेक्सन प्रदर्शन गर्नका लागि आयोजना हुने फेशन शो मा सलमान कट्रिना शो–स्टपरका रुपमा र्‍याम्पमा देखिनेकुरा भारतीय सञ्चार माध्यमले जनाएका छन ।

सलमान अहिले अलि अब्बास जफर निर्देशित फिल्म ‘भारत’को सुटिङ्गमा व्यस्त रहेका छन् भने कट्रिना कैफ शाहरुख खानसँग फिल्म ‘जेरो’ को सुटिङ्गमा व्यस्त रहेकी छिन्। सलमानको ‘भारत’ फिल्म दक्षिण कोरियाली फिल्म ‘अड टु माइ फादर’ बाट प्रभावित रहेको जनाईएको छ ।

उता आनन्द एल राय द्वारा निर्देशित कट्रिनाको अभिनय रहेको फिल्म ‘जेरो’ यसै वर्षको डिसेम्बरमा रिलिज हुनेकुरा सार्वजनिक गरिएको छ।



प्रतिक्रिया दिनुहोस्