Logo

प्रधानन्यायाधीशको लागि बुधबार नयाँ नाम सिफारिश हुँदै



काठमाडौं, २१ साउन । सर्वोच्च अदालतका लागि प्रधानन्यायाधीशमा नाम सिफारिश गर्नको लागि संवैधानिक परिषदको बैठक पर्सी बुधबार बस्ने भएको छ ।

यसअघि कामु प्रधानन्यायाधीश दिपकराज जोशीको नाम परिषदको बैठकले सिफारिश गरेको थियो । तर, संसदीय सुनुवाई विशेष समितिले जोशीको नाम अस्वीकृत गरेको थियो ।

परिषदको बैठकले प्रधानन्यायाधीशको लागि सर्वोच्चका कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश चोलेन्द्र शमशेर राणामध्येबाट एकको नाम सिफारिश गर्नेछ ।

परिषदको बैठकले अख्तियार दुरुपयोग अनुशन्धान आयोगको प्रमुख आयुक्तको लागि पनि नाम सिफारिश गर्ने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot