Logo

ओलीको आग्रह बेवास्ता गर्दै प्रचण्ड भारत जाने !



काठमाडौं, २१ साउन । सत्ताढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यही साउनभित्रै भारत भ्रमणमा जाने भएका छन् ।

स्रोतका अनुसार प्रचण्डलाई नेपालका लागि भारतीय राजदुत मञ्जिवसिंह पुरीले भारत भ्रमणको निम्तो यसअघि नै दिईसकेका छन् । चार दिन अघिमात्रैपनि राजदुत पुरीले प्रचण्डलाई भेटेर भ्रमणकोबारेमा छलफल गरेका थिए । प्रचण्ड पनि यही साउनभित्रै भारत जाने अन्तिम तयारीमा जुटेका छन् ।

यता प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले तत्काल भारत भ्रमणमा नजानको लागि आग्रह गरेका छन् । तर, प्रचण्डले ओलीको आग्रहलाई बेवास्ता गर्दै भारत जाने अन्तिम निर्णय गरिसको छन् ।

प्रचण्डको भारत भ्रमणलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने भएका छन् । मोदीको यो चौथो नेपाल भ्रमण हुनेछ । मोदीले यस पटकको भ्रमणमा लुम्बिनी र पोखरा जाने मनशाय बनाएका छन् ।

मोदी काठमाडौंमा हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (विमस्टेक) को चौंथो शिखर सम्मेलनमा भाग लिन नेपाल आउन लागेका हुन् । विमस्टेक शिखर सम्मेलन भदौ १४ र १५ गते हुँदैछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot