Logo

नेपाली कांग्रेसले राष्ट्र बनाउने अभियानमा अवरोध गर्यो : तामाङ



साउन २२, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका नेता शेरबहादुर तामाङले नेपाली कांग्रेसले राष्ट्र बनाउने अभियानमा अवरोध गरेको आरोप लगाएका छन् ।

प्रधानन्यायाधीश नियुक्तिबारे एउटा निर्णय भइसकेर कुरा टुङ्गिए पनि प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसदमा विषयवस्तु बल्झाएर अनावश्यक समस्या निम्त्याएको तामाङको तर्क छ ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै तामाङले सरकारले गर्नुपर्ने धेरै काम भए पनि कांग्रेसले स साना कुरामा निहुँ खोजेको बताए ।

“अनावश्यक विषय खोज्दै संसदमा बहस गरिरहने हो भने अरु काम अड्किन्छ । यसले राष्ट्र बनाउने काममा अवरोध हुन्छ ।” तामाङले भने ।

प्रधानन्यायाधीशका लागि प्रधानमन्त्री केपी ओली आफैले सिफारिस गरेको व्यक्तिलाई संसदीय सुनुवाई विशेष समितिले अस्विकार गरेपछि कांग्रेसले प्रधानमन्त्री ओलीमाथि नैतिक प्रश्न उठाएको छ । हिजोको सघीय संसद बैठकमा कांग्रेका सांसदहरुले ओलीको राजिनामा नै मागेको आशयमा धारणा राखेका थिए ।

तामाङले भने कांग्रेसले राजिनामा नै माग्ने तहमा जानु गलत भएको बताए ।

सम्बन्धित समाचार :

विनाआधार प्रस्तावित प्रधानन्यायाधीशलाई अयोग्य घोषणा गरियो : ज्ञानेन्द्र कार्की



प्रतिक्रिया दिनुहोस्

Screenshot