Logo

टी२० बरियतामा पारसले पोर्लाडलाई उछिने, रविन्द्र जाडेजाभन्दा बसन्त रेग्मी अगाडि



साउन २२, काठमाण्डौ । नेपालका चार खेलाडी आइसीसी टी२० इन्टरनेशनल वरीयतामा समावेश हुन सफल भएका छन् ।

बलिङतर्फ बसन्त रेग्मी र सोमपाल कामी तथा ब्याटिङतर्फ कप्तान पारस खड्का र शरद भेषावकर शीर्ष सयको सूचीमा परेका हुन् ।

आइसीसीले जारी गरेको नयाँ वरियताअनुसार नेपाली स्पीनर बसन्त रेग्मी बलिङतर्फ ७१औँ वरीयतामा छन् भने फास्ट बलिङ अलराउण्डर सोमपाल कामी ९२औँ वरीयतामा छन् ।

बसन्तको ३९७ तथा सोमपालको ३३८ रेटिङ छ । अष्ट्रेलियाका मार्कुस स्टोइनिस, इंग्ल्याण्डका बेन स्टोक, वेष्ट इन्डिजका आन्द्रे रेसल, भारतका रविन्द्र जडेजा भन्दा बसन्त अगाडी छन् ।

यस्तै सोमपाल कामी केन रिचर्डसन, सार्दुल ठाकुर भन्दा अघि छन् ।

यस्तै ब्याटिङतर्फ नेपालका कप्तान पारस खड्का ९०औँ तथा शरद भेषावकर ९८औँ स्थानमा छन् ।

पारस वरीयतामा किरण पोलार्ड, जर्ज बेली जस्ता खेलाडी भन्दा अगाडि छन् भने शरदपछि वेष्टइन्डिजकै डारेन शामी र जिम्बावेका सिकन्दर राजा छन् । पारसको २६५ तथा शरदको २३८ रेटिङ छ ।

टी २० मा ब्याटिङतर्फ अष्ट्रेलियाका आरोन फिन्च तथा बलिङतर्फ अफगानिस्तानका रसिद खान शीर्ष स्थानमा छन् ।

नेपालका कप्तान पारस खड्का टी–२० अलराउण्डरतर्फ ३७औँ स्थानमा छन् । सोमपाल ५७औँ स्थानमा छन्। यसमा अष्ट्रेलियाका ग्लेन म्याक्सवेल पहिलो स्थानमा छन् ।

नेपालले तीन वर्षपछि आइसीसीको टी–२० इन्टरनेशनल मान्यता प्राप्त खेल खेल खेलेपछि खेलाडीहरु वरीयतामा समावेश भएका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot