Logo

भारतीय टोलीद्धार अर्जेन्टिनाको यू २० टोली पराजित



काठमाडौँ, २२ साउन । विश्व फुटबलको ईतिहाँसमा शक्ति राष्ट्रमध्येको एक अर्जेन्टिनाको यू २० टोलीलाई फिफा बरियतामा धेरै पछाडी रहेको भारतले हराएको छ।

स्पेनमा जारी कोटिफ कप अन्तर्गत भएको खेलमा भारतीय टिमले ६ पटकको यू २० विश्वविजेता अर्जेन्टिनालाई २–१ ले हराएको छ।खेलको चार मिनेटमा भारतले पहिलो गोल गरेको थियो। दबाबमा रहेको अर्जेन्टिनाले पहिलो हाफमा गोल फर्काउन सकेन।

खेलको ६८ औं मिनेटमा भारतका अनवर अलीले फ्री किकमार्फत् अर्को गोल थपेका थिए।त्यसको चार मिनेटपछि अर्जेन्टिनाले एक गोल त फर्काएपनि खेल भारतीय टोलीले खेलाडीले आफ्नो नियन्त्रणबाट बाहिर जान दिएनन।

दोस्रो हाफको ५४ औं मिनेटमा फरवार्ड जाधवले रातो कार्ड पाएपछि भारतीय टोलीले १० खेलाडीको सहयोगमा खेलको नतिजा आफ्नो पोल्टामा पार्न सफल भएको थियो । ऐजेन्सि



प्रतिक्रिया दिनुहोस्