Logo

मोदी नेपाल आएलगत्तै लुम्बिनी जाने, क–कसलाई भेट्दैछन् ?



काठमाडौं, २२ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यही भदौ १४ गते नेपाल आउने भएका छन् । काठमाडौंमा यही अगष्ट ३० र ३१ गते हुने विमस्टेक शिखर सम्मेलनमा भाग लिनको लागि मोदी काठमाडौं आउन लागेका हुन् ।

काठमाडौंमा हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (विमस्टेक) को चौंथो शिखर सम्मेलनमा भाग लिन मोदी भदौ १४ गते ने नेपाल आउन लागेका हुन् ।

मोदी काठमाडौं ओर्लिएलगत्तै लुम्बिनीको भ्रमण गर्न जाने कार्यक्रम समेत तय भएको छ । स्रोतका अनुसार मोदीले लुम्बिनीको साथै पोखराको पनि भ्रमण गर्ने कार्यतालिका बनेको छ ।

सम्बन्धित समाचार :

ओलीको आग्रह बेवास्ता गर्दै प्रचण्ड भारत जाने !

मोदीको यो चौथो नेपाल भ्रमण हुनेछ । यसअघि मोदी एक महिना पहिलेमात्रै नेपाल आएका थिए । उनले जनकपुरबाट नेपालको भ्रमणको सुरु गरेका थिए । शिखर सम्मेलनमा भाग लिनुको साथै मोदीले नेपालको उच्च पदस्थ राजनीतिक व्यक्तित्वहरुसँगपनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।



प्रतिक्रिया दिनुहोस्