Logo

नगरपालिका प्रमुखको पारिश्रमिकबाट छात्रवृत्ति वितरण



बुटवल, २२ साउन । रुपन्देहीको तिलोत्तमा नगरपालिका प्रमुख वासुदेव घिमिरेले आफ्नो पारिश्रमिकस्वरुप आउने रकम सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्तिका रुपमा वितरण गरेका छन।

उनले सामुदायिक विद्यालयमा अध्ययन गर्ने ४४ जनालाई एक वर्षको पारिश्रमिकस्वरुप प्राप्त गरेको तीन लाख ८५ हजार नगरप्रमुख छात्रवृत्ति कोष–२०७५ मार्फत वितरण गरेका हुन । यो छात्रवृत्ति नगरका सम्पूर्ण सामुदायिक विद्यालयका एक÷एकजना विद्यार्थीले प्राप्त गरेका हुन् ।

छात्रवृत्ति वितरण तथा व्यवस्थापनका लागि नगरपालिकाले उप—प्रमुख जागेश्वरी चौधरीको संयोजकत्वमा एक समिति गठन गरेको थियो । नगरप्रमुख घिमिरेले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न र गरिब तथा जेहेन्दार विद्यार्थीलाई उत्साही बनाउन आफूले प्राप्त गर्ने पारिश्रमिक छात्रवृतिमा लगाउने निर्णय गरेको जानकारी गराएका छन। उनले आफूले बाँकी चार वर्षको पारिश्रमिक पनि छात्रवृत्तिमै लगाउने घोषणा गरेका छन ।

यस वर्षलाई शैक्षिक सुधार वर्षको रुपमा लिएको तिलोत्तमा नगरपालिकाले आउँदो तीन वर्षभित्र नगरका सबै सामुदायिक विद्यालयलाई संस्थागत विद्यालयकास्तरमा पु¥याउने लक्ष्यअनुसार बालविकास कक्षामा अध्ययन गर्ने विद्यार्थीलाई दिवा खाजा दिने अभियान शरु गरेको छ । यस्तै कक्षा ५ सम्मका विद्यार्थीलाई घरबाट खाजा ल्याउन टिफिनकारीसमेत वितरण गरेको छ ।

चालु आर्थिक वर्षमा सबैभन्दा बढी बजेट शिक्षा क्षेत्रमा विनियोजन गरेको तिलोत्तमाले सामुदायिक विद्यालयको शैक्षिक तथा भौतिक गुणस्तर सुधारका लागि विभिन्न कार्यक्रम अघि सारेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot