Logo

दुई दिनभित्र सम्झौता कार्यान्वयन नभए अनशन बस्ने केसीको चेतावनी



काठमाडौं, २२ साउन  प्रा. डा. गोविन्द केसीले दुई दिनभित्र सरकारसँग भएको सम्झौता कार्यान्वयन नभए फेरि पनि अनशन बस्ने चेतावनी दिएका छन् ।

मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी डा. केसीले सहमति गरेको १३ दिन बितिसक्दा पनि सरकारले मन्त्रिपरिषद बैठकबाट सम्झौता अनुममोदन नगरेको भन्दै तत्काल कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए ।

डा. केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढाउन कार्यदल बनाउने र जाँचबुझ आयोगले दोषी ठर्‍याएका पदाधिकारीहरुलाई कारबाही गर्नेलगायतका सम्झौताहरु पनि तत्काल कार्यान्वयन गर्न माग गरे ।

सरकारले आफूसँग गरेको सहमतिअनुरुप नै चिकित्सा शिक्षा विधेयक पारित गर्नेमा आफू विश्वस्त रहेको भन्दै त्यसलाई तोडमोड गरेमा कडारुपमा प्रस्तुत् हुने चेतावनी पनि उनले दिए ।

बारम्बार अनशन बस्नुपर्दा बिरामीको उपचार गर्न नपाएको भन्दै डा. केसी पत्रकार सम्मेलनमा भावुकसमेत भएका थिए ।



प्रतिक्रिया दिनुहोस्