Logo

कांग्रेस केन्द्रिय समिति बैठक जारी, यस्तो छ एजेण्डा



साउन २२, ललितपुर । नेपाली काँगेसले केन्द्रिय समितिको बैठक आजबाट शुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय ललितपुर सानेपामा शुरु भएको बैठकमा अधिकाँस केन्द्रीय सदस्यहरुले सरकारको कार्यशैलीप्रति असन्तुष्ट ब्यतm गरेका छन । कांग्रेसले सरकारको आलोचना गर्दै प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्ने तयारी गरेको छ ।

कग्रेसले संघीय संसदमा प्रभावकारी भुमिका खेल्नन सकेको आरोप खेपिरहेका बेला कांग्रेसको केन्द्रीय समिति बैठक बसेको हो । २७० सदस्यीय संघीय संसदमा ६३ सदस्य रहेको कग्रेसले सरकारको काम कारवार्हीमा प्रश्न गर्न सारभुत मुद्धा उठाउन र जनतालाई बुझाउन सकेको छैन ।

डा गोविन्द केसीको अनसन प्रकरणमा संसदमा आवाज उठाएर केसी र सरकारलाई सहमती गर्न बाध्य पारेको थियो । तर त्यस बाहेक अरु विषयमा कांग्रेसको भूमिका प्रभावकारी देखिएको छैन । संसद चलिरहेको वेलामा कग्रेसका बरिष्ठ नेताहरु नै पातलो उपस्थिति हुने गरेको छ । त्यसकारण पनि अन्य सहभागिलाई सांसदलाई असहज महशुस हुने गरेको कांग्रेस सांसदको गुनसो छ । कांग्रेस केन्द्रिय समितिको बैठकमा सहभागि अधिकाँस केन्द्रिय सदस्यहरुले सरकारले अदालत कब्जा गर्न खोजेको आरोप लगाएका छन् ।

कांग्रेसको कमजोर प्रस्तुतीलाइ देखेर नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलाीले कांग्रेसले सहयोगीको भुमिका मात्र खेल्न सक्ने टिप्पणी गर्दै आएका छन । कांग्रेसले सदनमा गर्ने गरेको बहिष्कार अवरोद्ध प्रतिपक्षको धर्म निवार्हका लागि मात्र गरे जस्तो देखिन्छ । सरकारसँग दुइ तिहाइ बहुमतको समर्थन छ । तर सरकारको गतिविधीमाथि पनि प्रश्न उठ्दै आएको छ ।

सरकारको कमी कमजोरीलाई कांग्रेसले खबरदारी भने गर्न छोडेको छैन । पछिल्लो समय प्रधानन्यायाधीश नियुक्ति प्रकरणलाई कांग्रेसले प्रभावकारी रुपमा उठाउने निर्णय नै गरिसकेको छ । तर पनि जनताको एजेण्डामा कांग्रेसले आवाज नउठाएको आरोप भने लाग्दै आएको छ ।

सरकारलाई खबरदारी गर्नुपर्ने जिम्मेवारी एकातिर छ भने आफ्नै पार्टीभित्रको चुनौति अर्कोतिर । यस्तो अवस्थामा बसेको केन्द्रिय समिति बैठक कति प्रभावकारी हुन्छ, त्यो भने हेर्न बाँकी नै छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot